
काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ४९ र निको भएका १५ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार १५ जना निको भएर घर फर्किसकेका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा १ जना, वीरगन्जमा १ , भरतपुरमा १ र विराटनगरमा ३० जना उपचाररत रहेको जानकारी दिए । सबैको स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ।
शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ३९ हजार ६ सय ७० नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ६ सय ६६ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४९ हजार ३ सय ३६ वटा परीक्षणहरु भएका छन्।
त्यसैगरी आइसोलेसनमा देशभरी ८७ जना रहेका छन्।
काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८४ जना रहेका छन्। क्वारेन्टाइनमा १४ हजार ७ सय ३१ जना रहेका छन्।
कमेन्ट गर्नुहोस्