लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीलाई भने-अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकोमा धन्यवाद

tillotmacitynews - 2020 Apr 25 06:33 PM
IMG

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । 


आज बालुवाटारमा सम्पन्न भेटवार्तामा सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा विवादका कुनै कुरा नल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।


ुदुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि धन्यवाद छ,ु उनले प्रधानमन्त्रीलाई भने, ुतर, एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने माग देशभरी उठेको छ। मेरो माग यही छ। देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ |


पछिल्लो पटक राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिएर प्रधानमन्त्री ओली विवादमा तानिएका थिए। सरकारले गत सोमबार जारी उक्त अध्यादेशप्रति प्रतिपक्षी दल कांग्रेसले कडा विरोध जनाएको थियो।


यद्यपि, आफ्नै दल नेकपा तथा प्रतिपक्षीसहित अन्य दलको विरोधका कारण प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठकमार्फत् दुवै अध्यादेश फिर्ता लिने निर्णय गराएका थिए ।  दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिसकेकी छन् ।


प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका देउवाले कोरोना परीक्षणलाई थप व्यापक बनाउन र समुदायस्तरमा परीक्षण गर्न ढिला नगर्न सुझाव दिए। ुस्वास्थकर्मीहरुलाई पिपिईलगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथासिघ्र पुर्‍याउनुपर्‍यो,  उनले भने, ुस्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ |


सभापति देउवाले श्रमिकलाई खानाको व्यवस्था गरिदिन वा गाउँ जान दिनन प्रधानमन्त्री ओलीसँग आग्रह गरे। राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन । श्रमिक, वेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस्, उनले प्रधानमन्त्रीसँग भने ।


विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाएर देशलाई योगदान गरेको उल्लेख गर्दै देउवाले अहिले अप्ठ्यारोमा परेकाले सरकारको सहयोग जरुरी रहेकोमा जोड दिए । अप्ठ्यारो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना बनाएर कार्यान्वयन गर्नसमेत उनले माग गरे ।

कमेन्ट गर्नुहोस्