
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीकाअनुसार विश्वभर ३० लाख ४४ हजार ७ सय ६४ जना संक्रमितको संख्या पुगेका छन् ।
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ लाख ११ हजार १ सय ६७ पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९ लाख ८८ हजार बढी संक्रमित बिरामीको संख्या पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार नाघेको छ ।
यस्तै, स्पेनमा संक्रमितको संख्या २ लाख २९ हजार बढी पुग्दा मृत्यु हुनेको संख्या भने २३ हजार ५ सय नाघेको छ । कोरोना संक्रमितको संख्याको आधारमा स्पेन दोस्रो स्थानमा रहेको छ ।
इटालीमा एक लाख ९९ हजार बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या २६ हजार ९ सय ७७ पुगेको छ ।
फ्रान्समा एक लाख ६५ हजार बढी संक्रमित छन् भने २३ हजार बढीको मृत्यु भएको छ ।
यस्तै, युरोपको कोरोना प्रभावित देशमा जर्मनी पनि हो । त्यहाँ एक लाख ५८ हजार बढी मानिस कोरोना संक्रमित छन् । मृत्यु हुनेको संख्या ६ हजार बढी छ ।
कमेन्ट गर्नुहोस्