लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकैदिन वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि

tillotmacitynews - 2020 May 03 11:37 PM
IMG

नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 


आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । 


मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्ज र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।  


नेपालगन्जमा भेटिएकाहरु  ५ महिला र ४ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । 

कमेन्ट गर्नुहोस्