लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा आरडीटी परीक्षण पोजेटिभ

tillotmacitynews - 2020 May 16 03:09 AM
IMG

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोनाभाइरसको आशंका गरिएको छ । उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले जानकारी दिए ।


उनकाअनुसार आज महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविकालगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।


उनका अनुसार आज ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरको रिपोर्ट भने आउन बाँकी छ ।


यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए(नभएको पुष्टि हुने उनले बताए । उनका अनुसार उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।


कोरोनाका संकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्