
काठमाडौं । नेपालमा साँझ पुन ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । अब कोरोना भाइरस संक्रमितको संख्या २६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ सार्वजनिक गरेको तथ्यांकमा पुन ९ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अञ्चल अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा पर्सा वीरगन्ज निवासी ९, १० वर्षीय बालक, २३ र ४७ महिला, उदरपुर त्रियुगा नपा निवासी २५ वर्षीय पुरुष, दाङ गढवा ४, ५ र तुलसीपुर ७ का २३, ३६ र ३४ वर्षीय पुरुष र काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
हालसम्म प्राप्त विवरणअनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । साथै उहाँहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाको संक्रमण २३ जिल्लामा फैलिएको छ । प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का सात जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्लामा यसको संक्रमण देखिएको छ ।
यस्तै प्रदेश पाँचका पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लामा यसको संक्रमण देखिएको हो ।
कमेन्ट गर्नुहोस्