लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा कोरोना भाइरसका कारण पहिलो पटक २९ वर्षीया महिलाको मृत्यु, धुलिखेल अस्पताल सिल

tillotmacitynews - 2020 May 16 11:16 PM
IMG

३ जेठ, काभ्रे । नेपालमा कोरोना भाइरसका कारण पहिलो पटक २९ वर्षीया महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएकी एक सुत्केरीको कोरोनाकै कारण मृत्यु भएपछि धुलिखेल अस्पताल सिल गरिएको छ । श्वास्प्रश्वासमा समस्या देखिएपछि उनलाइ बिहीबार अस्पताल पुर्याइएको थियो ।


कोरोनाकै उपचारका लागि तोकिएको अस्पतालमा सिन्धुपाल्चोकबाट ल्याएकी २९ वर्षीय महिलाको उपचारको क्रमममा बिहीबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन नरेन्द्र झाले बताए । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(९ घर भएकी २९ वर्षीया महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन ।


अस्पतालबाट घर फर्किएपछि श्वासप्रश्वासमा समस्या देखिएर उनलाइ धुलिखेल अस्पताल लगिएको थियो । ती महिलाको थ्रोड स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर गएकी महिलाको कोरोनाकै कराण मृत्यु भएपछि महाराजञ्जमा पनि थप सतर्कता अपनाइएको छ ।

कमेन्ट गर्नुहोस्