लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ३ जनामा कोरोना पोजिटिभ, संक्रमितको संख्या २७६ पुग्यो

tillotmacitynews - 2020 May 16 07:14 PM
IMG

काठमाडौं | थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ११ः३० बजे अध्यावधिक गरेको विवरणअनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा नयाँ ३ मा कोरोना पोजिटिभ देखिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।


नयाँ पुष्टि भएका स।क्रमितमा कपिलवस्तु, शिवराज न। पा। चन्द्रौटा निबासी २५, ३४ र ४४ वर्षीय पुरुषहरू रहेका छन्।


मन्त्रालयले १० बजे जारी गरेको सूचनामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । शनिबार मात्रै कोरोना संक्रमणको पुष्टि हुने ९ जना पुगेका छन् ।


कमेन्ट गर्नुहोस्