
काठमाडौं | शुक्रबार कोरोना पुष्टि भएका दाङ तुलसीपुरका ३४ वर्षीय पुरुष त्रिवि शिक्षण अस्पतालका डाक्टर रहेको खुलेको छ। उहाँ शिक्षण अस्पतालमा आँखाको डाक्टर रहेको उच्च स्रोतले जानकारी दिएको छ। उहाँ बैखाश १८ गते दाङ जानुभएको र केहीअघि मात्रै काठमाडौं आउनुभएको जानकारी प्राप्त भएको छ ।
उहाँ दाङको तुलसीपुर–७ निबासी हुनुहुन्छ। नेपालमा पहिलो पटक डाक्टरमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो।
दाङका प्रमुख जिल्ला अधिकार गोविन्दप्रसाद रिजालले उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको बताए। यस अघि टिचिङ अस्पतालमै उपचारका लागि भर्ना भएकी एक ६ वर्षीया बालिकालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। ती बालिकाको सम्पर्कमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टाइनमा राखिसकिएको छ ।
कमेन्ट गर्नुहोस्