लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिन्धुपाल्चोककी, कोरोनाबाट ज्यान गुमाएकी महिलाको १३ दिने शिशुसहित सबै परिवारको रिपोर्ट नेगेटिभ

tillotmacitynews - 2020 May 18 06:14 PM
IMG

काठमाडौं । कोरोना भाइरसका कारण जयान गुमाएकी सिन्धुपाल्चोककी महिलाको शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा १३ दिने शिशुसहित सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।

नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ ।

सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका ९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।

उनले गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्