लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रौतहट र बारामा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

tillotmacitynews - 2020 May 18 06:21 PM
IMG

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रौतहट र बारामा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै सक्रमितको संख्या ३०४ पुगेको हो ।


नयाँ संक्रमितमा रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिला र बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुष छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा सक्रमितको संख्या ३०४ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।



कमेन्ट गर्नुहोस्