
एजेन्सी १६ जेठ: न्युजील्याण्डले कोरोना परास्त गर्न सफल भएको छ । न्युजील्याण्डको अस्पतालमा रहेका अन्तिम कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हाल न्युजील्याण्डको अस्पतालमा भने कोरोना संक्रमणका बिरामी नरहेको जनाइएको छ ।
कोरोना संक्रमित बिरामी मिडलमोर अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ । न्युजील्याण्डमा लगातार पाँचौ दिनसम्म पनि कुनै नयाँ कोरोना संक्रमित पाइएको छैन।
गत महिना न्युजील्याण्डकी प्रधानमन्त्री जाकिन्डा आर्डेनले देशले कोरोना भाइरस विरुद्धको युद्ध जितेको घोषणा गरेकी थिइन् । अन्य देशहरु कोरोनाविरुद्ध लड्दै छ ।
उक्त भाइरसको खोपको निर्माणका लागि बिश्व नै लागिपरेको छ। खोपहरु भने अनुसन्धानको क्रममा रहेको छ।न्युजील्याण्डमा कुल १५ सय जनामा कोरोना भाइरसको पुष्टि भएको थियो भने २२ जनाको ज्यान गएको थियो ।
कमेन्ट गर्नुहोस्