लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मदाने गाउँपलिकाको वृत्तचित्र बोकेको `हाम्रो मदाने´ गितको भिडियो सार्वजनिक

IMG

गोविन्द भुसाल बुटवल लुम्बिनी अञ्चलको सबैभन्दा अग्लो पहाड मदाने लेक जुन प्रदेश नम्बर ५ गुल्मी जिल्ला मदाने गाउँपालिका २ बाझकटेरीमा अबस्थित छ।यसै पहाडलाई आधार मानी गाउँपालिकाको नाम मदाने गाउँपालिका राखिएको छ।यसैबीच मदाने गाउँपालिकाको वृत्तचित्र झल्काउने गित ` हाम्रो मदाने´ सार्वजनिक भएको छ। जसमा रामचन्द्र चन्द , कमला पोखरेल , सर्मिला अर्यालको स्वरमा सजिएको गित रामचन्द्र चन्दको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।त्यस्तै लय सिर्जना गायक रामचन्द्र चन्दकै रहेको छ भने शब्द कृष्ण चन्दको रहेको छ। उक्त सार्वजनिक गितको भिडियोमा युनिक क्षेत्रि र मनिषा परियार लगाएत अन्य कलाकारहरुको नृत्य तथा अभिनय हेर्न सकिन्छ।हुम गैरेको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोमा सुमन कार्की,अजय खड्का,वसन्त महर्जनको छायांकन छ भने ड्रोन अप्रेटरमा सचिन थापाले साथ दिएका छ्न। मदाने गाउँपालिका भित्र रहेका सम्पुर्ण वार्डहरुमा रहेका धार्मिक स्थल , पर्यटन क्षेत्र , कृषि लगायत अन्य कुराहरुको बारेमा गित मार्फत सबै तिर सकारात्मक सन्देश दिन खोजिएको छ।त्यस्तै उक्त गितमा गाउँपालिका अध्यक्ष लगायत अन्य नेता , समाजसेवी , बुद्धिजीवीहरुले समेत आफ्नो बिचार राख्नुभएको छ।


भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=JqTY7c4ft44&feature=youtu.be&fbclid=IwAR3rK7BReFnZXQmE2C_tuQI2MslReuRrq56RhkaM3iGWCpdrglt_6nAHS4A

कमेन्ट गर्नुहोस्