लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गित संगीतको भिडमा वरिष्ठ गायक कार्किको मौलिक तीज गित 'बामरी'

IMG

गोविन्द भुसाल
बुटवल 
 करोडौं गित संगीतको भिडमा अहिलेको अबस्था अर्थात् तीज गित गाउने र भिडियो बनाएर बजार ब्यबस्थापन गर्ने माहोल चलिरहेको छ। यसरी बजारमा तीज गित आइरहेको बेला कति गितहरु समय सन्दर्भ छन् भने कति गितहरु फरक सैलिमा प्रस्तुत भएका छन् । यसरी गित संगीतहरु बजारमा आइरहँदा आफ्नै मौलिक लय शब्दहरु हराउँदै गइरहेको त छैन। यसै कुरालाई मध्यनजर गरेरे वरिष्ठ लोकदोहोरी गायक बोम बहादुर कार्की र सहयात्री अर्थात श्रीमती गायिका शिवा आले कार्किको मौलिकता झल्काउने तीज गित 'बामरी' को म्युजिक भिडियो सार्वजनिक भएको छ।


जसमा बरिस्ठ लोकगायिका शिवा आले  कार्की र समूह गायनमा गायिका गिता श्रेष्ठको स्वरमा सजिएको गित बरिस्ठ गायक बोम बहादुर कार्किको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।त्यस्तै लय र शब्द वरिष्ठ  गायक बोम बहादुर कार्किकै रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीको रहेको छ।उक्त सार्वजनिक गितको भिडियोमा रुबिना अधिकारी लगाएत अन्य कलाकारहरुको नृत्य तथा अभिनय हेर्न सकिन्छ।प्रकाश भट्टको कोरियोग्राफर तथा निर्देशनमा तयार भएको भिडियोमा दुर्गा पौडेलको छायांकन छ भने उक्त गितको सम्पादन बिष्णु शर्मा गरेका छन्।


त्यस्तै उक्त सार्वजनिक मौलिक तीज गित गोर्खा म्युजिकबाट अडियो . भिडियो  र मारुनी डिजिटलबाट रेकर्डिङ गरिएको छ।गितमा मौलिकतालाई बढी जोड दिएको देख्न पाहिन्छ।

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=rbUMJaSmQhY&feature=youtu.be&fbclid=IwAR38RNSG-HHbxmpO-ZYL-CyXY1FUDN4k4wrASxTQKhNJzd0dsPJlqTc7yxw


कमेन्ट गर्नुहोस्