लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विजयको दश एकाने दश तीज गीत सार्वजनिक ( भिडियो सहित )

IMG

बुटवल ।हास्यकलाकार तथा मोडल विजय बम्डेलको नयाँ तिज गीत दश एकाने दश तीज गीतको भिडियो सार्वजनिक भएको छ । 


यस गीतमा विजय बम्डेल स्वर,कमल भट्टराईको शब्द र अर्जुन कौशलले संगीत गर्नुभएको छ । भिडियो निमार्णमा छायाकंन तथा सम्पादन सन्तोष बस्यालले गर्नुभएको छ । भने निर्देशन गोकुल शारुको रहेको छ । 

तीज गीतमा  समय सन्दर्भिक शब्दहरुले संजिएको छ । दश एकाने दश,यस पालिको तीजमा क्वारिटिनमा बस भन्दै चेतना फैलाएको गायक बम्डेलको भनाईछ । 

भिडियोमा चर्चित हास्य कलाकार किरन चित्रकार,विजय बम्डेल,श्रामण गोतामे,कमल भट्टराई,राधा, आर्जु, पर्मिषा लगायतको अभिनय देख्न सकिन्छ ।। 


उक्त भिडियो सृजना फिलिम्सको आधिकारिक यूटुव च्यानलमा रहेको छ ।

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=5-0806yRd2k&feature=youtu.be&fbclid=IwAR0cMZixz3hP1K77fJm-K5n5elPxNDkJ7a0N8-MDc94FMGor4u3m_NXZSdg

कमेन्ट गर्नुहोस्