लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलका एम्बुलेन्सले कोरोना संक्रमित बोक्न मानेनन्, छोराले शव वाहन चलाएरै आमालाई चितवन लगे

IMG

बुटवल । बुटवलका एम्बुलेन्सले कोरोना संक्रमतिलाई बोक्न नमानेपछि उपचारको लागि शवबाहनमार्फत चितवन पुर्याउनु परेको घटना सार्वजनिक भएको छ ।बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का ४८ वर्षीया संक्रमितमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल लैजान भनी पटकपटक एम्बुलेन्सलाई फोन गरे पनि नमानेपछि चितवन मेडिकल कलेज पु¥याउनु परेको हो ।


विरामीका छोरा र आफन्तले कोरोना विशेष अस्पताल बुटवलको एम्बुलेन्सलाई फोन गरे पनि कोरोना संक्रमित विरामी भनेपछि बोक्न नमानेको बताइएको छ । उनीहरुले ‘कोरोना पोजिटिभ बिरामी भन्नासाथ फोन काटेको पनि विरामीको परिवारले बताएका छन् ।त्यसपछि एउटा ड्राइभर नभएको शव वाहन फेला पर्यो । बुटवल उपमहानगरपालिकाले हालै खरिद गरेको शव वाहन संक्रमितकै छोराले चलाएर चितवन पु¥याएको आफन्तले बताएका छन् । अहिले आमाको अवस्था सामान्य भएको छोराले बताएका छन् ।


चितवन मेडिकल कलेजको आइसियुमा भर्ना गरी संक्रमितको उपचार भइरहेको छ । रुपन्देहीमा मात्रै करिव ६० वटा एम्बुलेन्सले अहिले सेवा दिइरहेको बताइन्छ । प्रदेश सरकारले ६९ वटा एम्बुलेन्स मा जिपिएस लगाए पनि अहिले संक्रमित लाइ बोक्न कसैले नमानेको बताएको छ 

कमेन्ट गर्नुहोस्