लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जो दिन रात स्वाब कलेक्सनसंग फ्रन्टलाईनमा लडीरहेछन

IMG

गत चैत्र ११ गतेदेखि देशमा लकडाउन भयो। सबै आ-आफ्ना घर बसे। कोरोना महामारीको युद्धमा जो होमिए ति लडाकुहरु आजसम्म पनि थकाइ मारेका छैनन्।  ति लडाकु मध्यका फ्रन्टलाइनमा दुश्मन रोगको बिरुद्ध लड्ने लडाकु मध्येका दुइ हुन् कृष्ण घिमिरे र मिलन श्रेष्ठ। गत चैत्रको लकडाउनपछि निरन्तर देश विदेशबाट आएकाहरुको नजिकमा स्वाब कलेक्सनको काम गर्दै आएका उनीहरु अहिले तिलोत्तमा नगरपालिकामा कार्यरत छन्। 


हालसम्म १५०० भन्दा बढीको पिसिआर र ९ सय भन्दा बढीको आरडिटि गरिसकेका उनीहरु पिपीइ लगाएर स्वाब कलेक्सनमा सधैजसो होमिन्छन। अहिले त लाग्छ उनीहरुलाई कोरोनाले परिश्रम र मेहनत अनि साहससंग खेल्न सिकाएको छ। शुरुका दिनमा रोगसंग केहि डराएको अनुभूति हुन्थ्यो तर अहिले सबै सुरक्षा कबज सामग्रीहरुको प्रयोग र आफ्नो सजगताले बचेर काम गरिएको ल्याब टेक्निसियन कृष्ण घिमिरेले बताउछन।  त्यस्तै पहिले पहिले यो काम गर्छु भन्न्न पनि नसकिने र अहिले समाजको पाटो परिबर्तन हुदैजादा सहज भएको समेत उनको भनाइ छ।  चैत्र २७ गतेदेखि सो काममा तल्लिन कृष्णलाई यो रोगको प्रकोप यति लामो समयसम्म जान्छ भन्ने लागेको थिएन। उनले काम गर्दै गर्दा केहि चुनौती र समस्याहरु पनि आए तर त्यसको सहजताले गलत ब्याख्या गर्नेहरुको मुख चुप भएको बताउछन। अझै पनि उनि कोरोना लागेको मान्छेलाई गरिने घृणा , असहयोग, लान्छना  र निषेधात्मक प्रवृति बदल्नुपर्ने समय आएको बताएका छन्।  देशमा अझै भयाबह स्थिति आउन सक्ने कारण देशविदेशबाट आएर सुटुक्क बस्ने , सरकारले घोषणा गरेर नियम पालना नगर्ने अनि गाउ गाउमा त्रसित गराउने क्रियाकलापले हामि आफैलाई घाटा हुने उनको तर्क छ।

 

त्यस्तै काखको छोरी चटक्क घर छोडेर सबेरै नगरपालिकाको क्वारेण्टिन क्षेत्रमा खटिने अर्की ल्याब टेक्निसियन हुन् मिलन श्रेष्ठ।  आफ्नो सुरक्षा आफै गर्नुपर्ने बेला आएको र सबै सजग नभए देश, प्रदेश, जिल्ला, पालिका हुदै भित्रिएको कोरोना गाउ, घर र परिवारमा आइसकेकाले अब झन् सचेत हुनुपर्ने उनको भनाइ छ। लापरबाहीले अनाहकमा ज्यान जानसक्ने भन्दै उनले कोहि देश विदेशबाट आएको या कोरोना संक्रमित संगको ट्रेसिङ्गमा परेको भए वा कुनै स्वास्थ्य समस्या भए नजिकको अस्पताल स्वास्थ्य सस्था वा स्थानिय तहका जनप्रतिनिधि या सम्बन्धित ब्यक्तिसंगको सम्पर्कमा आएर स्वास्थ्य सुरक्षाको उपाय अपनाउन पर्ने उनको भनाइ छ। अहिले त तिलोत्तमा नगरपालिकाले सबै स्थानमा स्वास्थ्यकर्मीको टोलि खटाएको र देश विदेशबाट आउदा समेत समन्वय गरेर आउन छुट्टै ब्यबस्था गरेकोले सहज भएको उनको भनाइ छ।  छिमेकका अन्य नगरपालिका या गाउपालिकाको तुलनामा संख्यात्मक हिसाबमा संक्रमित कम भएपनि सबै सजग नहुनुले अर्को दुर्घटना निम्त्याउन सक्ने उनको भनाइ छ। हालसम्म कुनै पनि किसिमको समस्या नभएको भन्दै उनले सबै यो लडाइमा सजग भै घरै बस्ने कामलाई सहयोग पुर्याउन सुझाए।  


अहिले तिलोत्तमा नगरपालिकाले देश विदेशबाट आउने र संक्रमितको ट्रेसिंगमा परेकाहरुलाई सम्पर्क गर्न सुझाएको छ।  नगरपालिकाले छिमेकी मुलुक भारतबाट आउनेलाइ बेलहिया नाकामा लिन जाने ब्यबस्था छ त्यसो त विदेशबाट आएकाहरुसंग समन्वय गरि बुटवलसम्म आएका व्यक्तिलाई क्वारेण्टिन सम्म ल्याएर स्वास्थ्य चेकजांच गर्ने ब्यबस्था गरेको छ।  

कमेन्ट गर्नुहोस्