
भदौ १८, २०७७ बिहिबार
काठमाण्डौ - नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस खड्का ७१ औं स्थानमा पुगेका छन् । सन्दीप लामिछानेको बलिङ वरीयता ७९ औं स्थानमा यथावत रहेको छ । टी ट्वान्टीको अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत् रहेको छ ।
कमेन्ट गर्नुहोस्