
बुटवल,भदाै ३०- नीजि बिद्यालयहरुले अनलाईन कक्षाको नाममा गरेको रकम अशुली तुरुन्त फिर्ता गर्न संयुक्त बिद्यार्थी संघर्ष समिति रुपन्देहीले चेतावनी दिएकाे छ । समितिले हालसम्मको कुनैपनि नाममा शुल्क नलिन आग्रह गरेको छ । संयुक्त बिद्यार्थी संघर्ष समिति रुपन्देहीले आफूहरुको मागमा सुनुवाई नभएको खण्डमा शुल्क असुल गर्ने बिद्यालयमा तालावन्दी गर्ने चेतावनी दिएको हो ।
विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० कारण लामो समयदेखि उद्योग, कलकारखाना, व्यबपार व्यबसाय ठप्प रहेको र शैक्षिक संस्था पनि पूर्ण रुपमा बन्द रहेका कारण सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको पठनपाठन अस्तव्यस्त बनेको हुँदा अध्ययन अध्यापनलाई व्यबस्थस्थित र प्रभावकारी बनाउन समेत आग्रह गरिएको छ ।
संयुक्त बिद्यार्थी संघष समिति रुपन्देहीको तर्फबाट नेपाल बिद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल,अनेरास्वीयू रुपन्देहीका संयोजक लेखनाथ खनाल र अखिल छैठौंका केन्द्रीय सदस्य पुरन पोखरेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा सामुदायिक तथा नीजि शैक्षिक संस्थाहरुलाई सरकारले जारी गरेको बिद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ बमोजिम अध्ययन अध्यापन गराउन समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराईएको छ ।
कमेन्ट गर्नुहोस्