
बुटवल,असाेज २- पछिल्लो २४ घण्टामा २०२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन् भने ९ हजार २९५ जना संस्थागत आइसोलेसन छन्। पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७ हजार ७३६ जना छन्। आज ८७१ निको भएका छन् भने निको हुनेको कुल संख्या ४३ हजार ८२० पुगेको छ। यो कुल संक्रमितको ७१ प्रतिशत हो।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार २ जना महिला र ५ जना पुरुषको ज्यान गएको हो ।जसअनुसार मोरङमा ६६ वर्षका दुई जना पुरुषको मृत्यु भएको छ ।काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुषको मृत्यु भएको छ ।यस्तै, ललितपुरमा ६६ वर्ष महिलाको मृत्यु भएको छ भने भक्तपुरका ८२ वर्षीय पुरुषको मृत्यु भएको छ ।यसैगरी नवलपरासीका ३१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।हालसम्म मृत्यु हुनेको संख्या ३९० पुगेको छ । यो संख्या कुल संक्रमितको ० दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्