लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्विनी मेडिकलमा पाल्पा कुसेनीकी ४१ वर्षीया काेराेना संक्रमित महिलाको मृत्यु

tillotmacitynews - 2020 Sep 19 08:30 PM
IMG

बुटवल,असाेज ३-पाल्पामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । निमोनियाले बिरामी परेकी तानसेन नगरपालिका–१४, कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । तीन दिनअघि अस्पतालमा उपचारका लागि आएको र संकास्पद लक्षण देखिएपछि कलेजले पिसिआर परीक्षणका लागि महिलाको स्वाब पठाएको थियो ।

उनको शुक्रबार बेलुकी स्वाबको नतिजा पोजेटिभ आएको अस्पतालका निर्देशक डा.राजु शाक्यले बताए । तीन दिनअघि उपचार गर्न अस्पताल आएपनि भर्ना गर्नुपर्ने बिरामीलाई भर्ना नगरिकन जर्बजस्ती घर लगेका थिए। व्यथाले च्यापेपछि पुनः शुक्रबार अस्पतालमा ल्याएको डा. शाक्यले बताए । ‘हामीले यही भर्नागरेर उपचार गर्नुपर्छ भन्दाभन्दै घर लगेका थिए,’ उनले भने, ‘हामीले शंका लागेर स्वाब पठाइयो । लुम्विनी मेडिकल कलेजमा ३ डाक्टरसहित ११ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाइरस संक्रमणबाट यसअघि पाल्पामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ ।पूर्वखोला गाउ‘पालिका, सिलुवाका ४५ वर्षीय पुरुष,  तानसेन नगरपालिका, पिपलडॉडाकी ३० वर्षीय महिला र तानसेन नगरपालिका, टिन्टीऑपका ५२ वर्षीय पुरुषको मृत्यु भइसकेको छ ।   

कमेन्ट गर्नुहोस्