
१० असोज, तिलोत्तमा । नेपाल राष्ट्र बैंकले साउन महिनामा तरकारी, गेडागुडी तथा माछामासुको मूल्य उच्च वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष २०७७/७७ को पहिलो महिनाको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनक गर्दै महिनामा तरकारी, गेडागुडी तथा माछामासुको मूल्य अत्यधिक बढेको बताएको हो ।राष्ट्र बैंकका अनुसार २०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेकोछ । २०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले बताएको छ ।उता उपभोक्ता मुद्रास्फीति भने ५० प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ । शुक्रबार सार्वजनिक अध्ययन प्रतिवेदन अनुसार २०७७ साउनमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९५ प्रतिशत रहेको थियो । साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत रहेको छ ।राष्ट्र बैंकका अनुसार साउन महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ साउनमा यी क्षेत्रहरुमा क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६.०० प्रतिशत र ५.५७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
यस्तो अवस्थाले स्थानिय बजारमा तरकारी र फलफुलको मूल्य ह्वात्तै बढाएर ल्याएको छ। ब्यापारी एजेण्ट र कृषक बिचको दुरी हेर्ने भने त्रिपल फरक छ तर स्थानिय निकाय र प्रसासन मौन बनिदिदा र बजार अनुगमन हुन नसक्दा उपभोक्ताहरु मारमा परेका छन्।
कमेन्ट गर्नुहोस्