
धान रोप्ने र गोड्ने बेलामा ल्याउनुपर्ने रासायनिक मल सरकारको कमजोरीका कारण धान पाकेपछि मात्र आइपुग्ने भएको छ।धानका लागि ५० हजार मेट्रिक टन युरिया मल ल्याउने जिम्मा पाएका दुई कम्पनीले काम नगरेपछि सरकारले तिनीहरूसँगको सम्झौता तोडेर बंगलादेशबाट सापटी ल्याउने निर्णय गरेको थियो।बंगलादेशसँग सापटी मागिएको ५० हजार मेट्रिक टन युरिया मल पनि प्रक्रियागत झन्झट र ढिलासुस्तीले कात्तिक–मंसिरमा मात्र आइपुग्ने खबर सार्बजनिक भएको छ।
कमेन्ट गर्नुहोस्