लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जो कोरोना महामारीमा थकाई मारेनन : चुस्त ब्यबस्थापनमा तिलोत्तमा स्वास्थ्यशाखा

IMG

तिलोत्तमा २०७७ कार्तिक १२ गते। विश्व अहिले कोरोना अर्थात् कोभिड १९ महामारीको जोखिममा छ।  नेपालमा पनि यसको संक्रमित र मृत्युदर दोब्बर रुपले बढिरहेको छ।  यहि सन्दर्भमा गत २०७६ चैत्र ११ गते देखि भएको लकडाउनपछि दिन र रात पनि नभनी जनास्वस्थ्यकालागी निरन्तर अघि बढेको तिलोत्तमाको स्वास्थ्य शाखा अहिलेसम्म पनि बिचलित छैन। 


नियमित रुपमा अन्य पालिकाभन्दा पहिला नाकामा गएर आफ्ना नगरबासी र आपतमा परेका अन्य जिल्लाका नेपालीहरुलाई समेत आश्रय दिएर कोभिड सम्बन्धि सम्पूर्ण मापदण्ड पुरा गराई स्वस्थ मानिस घर पठाएर निकै ठुलो सहयोग गरेको देखियो। रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्र बसोबास गर्ने हरेक नागरिक स्वस्थ हुनुपर्दछ यस महामारीमा अपनाउन पर्ने सबै स्वास्थ्य मापदण्ड अपनाउन जरुरि बनाएको नगरले हालसम्म नगर आइसोलेसनमा कसैले ज्यान गुमाएन।  हालसम्म १६ जनाको अस्पताल तथा होम आइसोलेसनामा मृत्यु भएपनि स्वास्थ्य शाखाले ठुलो महामारी हुनबाट जोगाएको भान हुन्छ।  देश तथा विदेशबाट आएका नागरिक लाइ स्वस्थ ब्यबस्थापन मार्फत नाकामै उठाउन गएर क्वारेण्टिन सम्म र कोरोना लागि हाले पनि आइसोलेसनमा चुस्त दुरुस्त ब्यबस्थापनले नागरिकको स्वस्थातामा ठुलो सकारात्मक प्रभाव पार्यो।


नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे आफै कोरोना महामारीबाट ग्रसित भए तथापि नगरबासीको हितका लागि दिनरात खटीएका उनि आफैले समेत कोरोना जिते।  त्यस्तै नगरपालिकाका विभिन्न शाखाका कर्मचारी जनप्रतिनिधि , स्वास्थ्यकर्मी समेत कोरोनाबाट बन्चित रहेनन् तथापि उनीहरु आत्मबल बढाएरै भएपनि अहिले काममा फर्किसकेको अवस्था छ।  


त्यस्तै तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अधिकृत मोतिप्रसाद पौडेलले हाल ६ जना स्वस्थाकर्मिको टोलि र  १ जना आयुर्बेदका स्वास्थ्यकर्मी सहित गाउगाउमा सेवा दिदै आएको र आइसोलेसनमा ४ जनाले सेवा दिदै आएको बताएका छन्।  उनले आफु स्वास्थ्य शाखाका कर्मचारीले देखाएको लगनशिलता र उत्साहले समग्र स्वास्थ्य शाखाको कार्य सन्तुस्ट रहेको बताएका छन्।अहिले कोरोना महामारीको बिचमा समेत खोप नियमित रुपमा चलेको र लक्षण देखिएका केसहरुमा पहिलो पिसिआर निशुल्क: भएको र लक्षण नदेखिएमा मापदण्ड पुर्याएर स्वस्थ भएर घर बाहिर निस्कन सक्ने गरि परामर्श र सेवा दिने उनको भनाइ छ। 


कोरोनाको यो महामारीमा कसरि यस्तो ब्यबस्थापन सम्भव भो भन्ने सवालमा नगरपालिकाका स्वास्थ्या शाखा अधिकृत तथा कोरोना फोकल पर्सन इश्वरी पौडेलले सबैको सहयोग, जनप्रतिनिधिहरुको उत्साह, स्वस्थाकर्मिको जिम्मेबारी  र नगरबासीको स्वास्थ्य मापदण्डकारिता भूमिका र बिरामीहरुको आत्मबलले यो सम्भव भएको बताउछन।  उनले स्वास्थ्य शाखाले गरेको नेतृत्वमा अन्य शाखाकाकर्मचारीले समेत देखाएको सहयोगले अझ थप प्रेरणा मिलेको बताउछन।बिदाको दिन समेत कुनै प्रबाह नगरी स्वास्थ्य शाखाले आफ्नो जिम्मेवारीपूर्ण ढंगले काम गरेकोले नगरको स्वास्थ्य स्थितिमा सुधार ल्याउन सकिएको छ। बिरामीको समस्यामा तुरुन्तै घरमै या आइसोलेसन र क्वारेन्टाइनसम्म जस्तोसुकै अवस्थामा पनि सेवा दिन तयार स्वास्थ्यकर्मी र 'ब्यबस्थित तरिकाले संचालन गरिएको क्वारेण्टिन र आइसोलेसन,होमआइसोलेसनको उपलब्धता त्यस्तै इम्युनिटि पावर बढाउने आयुर्वेदिक औसधिसंगै परामर्श , आत्मबलका लागि दिइएको सल्लाह कोरोना हटाउने मुख्य साधन बन्यो।  


कैयौ प्रयास गरेर नागरिकले गुनासो नगर्ने खालको बाताबरण बनाइ बिरामी या क्वारेण्टिन र आइसोलेसन बस्नेहरुलाई खाना देखि अन्य सुबिधा २४ सै घण्टा एम्बुलेन्स सेवा, स्वास्थ्यकर्मी घरमै जाने बाताबरणले गर्दा सबै कुरा सम्भव भएको अर्का अधिकृत गणेश गौतमले बताउछन। उनले डाक्टर , नर्श , आइसोलेसन अझै थप ब्यबस्थित गर्न र प्रदेश स्तरको भेन्टिलेटर चाहिने केसमा समेत राम्रो ब्यबस्था गर्न आफुहरुको टिम लागिपरेको बताएका छन। 


त्यस्तै नगरबासीको पोजिटिभ केशहरुमा आइसोलेसन या अस्पताल पठाउनु पर्दा हुने समन्वयका कुराले कतिपय केशमा अस्पताल डुल्दा डुल्दै मर्नुपर्ने बाध्यता हटेको अर्का स्वास्थ्य अधिकृत थानेश्वर बस्याल बताउछन। आफुहरु लक्षण देखिएका बिरामीलाई भेन्टिलेटर नचाहिने केसमा आइसोलेसनमा र क्रिटिकल केसमा प्रदेशमा रिफर गर्ने हुदा अहिले अक्सिजन मनिटर, इसिजी र चिकित्सकीय सेवा २४ सै घण्टा उपलब्ध रहेको  स्वास्थ्य अधिकृत बस्याल बताउछन।     


हाल तिलोत्तमा नगरमा करिव २५ सयको पिसिआर जाच गरिएकोमा ९ सय १२ जनाको पोजिटिभ देखिएको छ भने ३ सय १६ जना होम आइसोलेसनामा छन्।  कार्तिक १२ सम्म १६ जनाको मृत्यु भैसकेको अवस्था छ भने हालसम्म कुनै पनि बिरामी आइसोलेसनमा रिफर गरिएको छैन। तर अन्य २ जना अन्य पालिकाका बिरामीलाइ आइसोलेसन रखिएको छ।  





कमेन्ट गर्नुहोस्