लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बंगलादेशले पैँचोमा मल नदिने भयो

tillotmacitynews - 2020 Nov 01 08:38 PM
IMG

१६ कात्तिक, काठमाडौं । नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेको सरकारी अधिकारीहरुले बताएका छन् ।दुई देशका प्रधानमन्त्री बीच पैँचो मल लिन दिन भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले बतायो ।‘मल ल्याउने मोडालिटीबारे दुई देशबीचमा यसअघि भएको समझदारीअनुसार अघि बढ्न सकिएन अब नेपालले बंगलादेशसंग मल किन्नु पर्ने भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।नेपालले अब सरकारी तहबाटै मल किन्नु पर्ने अवस्था आएको ती अधिकारीले बताए । पैंचोमा मल दिन बंगालेदेशले अविश्वास गरे जस्तो देखिएपछि अब मल किन्नै पर्ने अवस्थामा पुगिएको ती अधिकारीले बताए ।जीटूजी मार्फत खरिद गर्नका लागि मोडालिटी अन्तिम चरणमा पुगेको र स्वीकृतिका लागि केही दिन भित्रै मन्त्रिपरिषदमा पेश हुने कृषि मन्त्रालयका अधिकारीले बताएका छन् ।

मल ल्याउने प्रक्रियामै बित्यो समय

धान भित्र्याएपछि अहिले तराईका धेरैजसो स्थानमा गहुँ छर्ने काम लगभग सकिएको छ । अबको दुई सातापछि गहुँमा युरिया छर्नु पर्छ । किसानले मल पाउनु त परको कुरा सरकार अझै मल ल्याउने प्रक्रियामै रुमल्लिएको छ ।‘मल ल्याउने मोडालिटीबारे दुई देशबीचमा यसअघि भएको समझदारीअनुसार अघि बढ्न सकिएन अब नेपालले बंगलादेशसंग मल किन्नु पर्ने भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशी समकक्षी शेख हसिनाबीच छलफलपछि तीन चरणमा भएको छलफलमा पनि मल ल्याउने मोडालिटी नटुङ्गिएको मन्त्रालयका ती अधिकारीले बताए ।दुई प्रधानमन्त्रीबीच भएको समझदारीपछि नेपाललाई मल दिनेबारे बंगालदेशले पहिलो समझदारी पत्रको मस्यौदा नेपाल पठाएको थियो ।उक्त मस्यौदामा नेपालले केही थप घट गरेर बंगालदेशलाई पुनः दोस्रो मस्यौदा पठायो । नेपालको प्रस्तावमा पुनः बंगालदेशले संशोधन गरेर पैचोंबाट पछि हटेर जीटूजीमार्फत मल किन्न तेस्रो प्रस्ताव गरेको मन्त्रालय स्रोत बताउँछ ।‘बंगलादेशको दोस्रो र प्रक्रियागत तेस्रो मस्यौदामा गरेको प्रस्तावपछि नेपालले अझै बंगलादेशलाई अन्तिम मस्यौदा पठाउन सकेको छैन,’ ती अधिकारी भन्छन् ‘यो विषय अझै लम्बिने देखिन्छ ।’

कमेन्ट गर्नुहोस्