लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गैँडाकोटबाट हराएका दाजुभाइको शव जयश्री खोलामा

tillotmacitynews - 2020 Nov 04 08:57 PM
IMG

कावासाेती । गैँडाकोटबाट हराएका दुई जना दाजुभाइको शव जयश्री खोलाको रहमा भेटिएको छ ।जयश्री खोलाको रहको किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।जंगलमा घाँस दाउरा गर्न आउनेले वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उनी गैंडाकोट प्रहरीसहित घटनास्थलमा पुगेका थिए ।कपडा र चप्पल खोलेर पाखामा राखेको र पौडी खेल्न प्रयोग गरिने कपडामा उनीहरु रहेको प्रमुख थापाले बताए ।गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका २६ वर्षीय विजयबाबु पौडेल र उनका भाई २१ बर्षका संगम पौडेल सोमबारदेखि हराएका थिए ।

कमेन्ट गर्नुहोस्