लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रकाशकको विदेशमा प्रकाशित पुस्तकमा कर लाग्ने

tillotmacitynews - 2020 Nov 12 09:39 PM
IMG

२७ कात्तिक, काठमाडौं । सरकारले पुस्तक आयातमा लागेको भन्सार कर खारेज गर्ने निर्णय गरेको छ । तर, यो प्रावधान भने विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक आयातको हकमा मात्र लागू हुने भएको छ ।नेपाली प्रकाशकले विदेशमा पुस्तक प्रकाशन गरी नेपाल भित्राएमा भने १० प्रतिशत भन्सार महसुल लाग्ने साविकको व्यवस्था यथावत रहेको अर्थमन्त्रालयले स्पष्ट पारेको छ ।यसअघि आर्थिक ऐन २०७६/७७ ले जुनसुकै प्रकाशकको नाम उल्लेख भएर आउने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने तर, मूल्य अभिवृद्धि कर भने नलाग्ने व्यवस्था गरेको थियो ।२५ कात्तिको मन्त्रिपरिषद् बैठकले नेपाली प्रकाशकले विदेशमा छपाएर ल्याउन खोजेमा भने १० प्रतिशत भन्सार यथावत राख्ने निर्णय गरेको 

यस्तो छ निर्णय 


कमेन्ट गर्नुहोस्