लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोबिन हूड आर्मी रुपन्देहीद्वारा खाद्यान्न सहयोग

tillotmacitynews - 2020 Nov 15 09:47 PM
IMG

बुटवल,कार्तिक ३०-रोबिन हूड आर्मी रुपन्देहीले तिहारको अवसरमा खाद्यान्न सहयोग गरेको छ । रेष्टुरेन्ट र समुदायबाट खाना संकलन गरेर मानिसहरूलाई सेवा पुर्‍याउने खालको खाना दिने काम गरिरहेको रुपन्देहीका सक्रिय सदस्य आकाश भण्डारीले बताए । उनले अहिलेसम्म आत्मशान्ती अनाथ आश्रम मणिग्राम, मणीग्राम नेपाल अपाङ्ग आश्रम , ट्राफिक चोक , देवीनगर तथा नगरभित्र खाना नपाएर अभावमा बसेकालाई पनि खाना पुर्याउने काम गरेको र अहिले तिहारको अवसर पारेर गोरीसिंह , बुद्धभुमी नगरपालिका-२ मा  साठ्ठी घरलाई खाद्यान्न सहयोग गरेको छ ।


जसमा ५२५ किलो चामल , ७५ किलो दाल , ३५ किलो नुन र २० लिटर तेल रहेको बताएका छन् ।यसमा सहयोग गर्न र खाद्यान्न सहयोग गर्ने चाहनेले रोबिन हूड आर्मी रुपन्देहीको फेसबुक ग्रुपमा जोडिन समेत आग्रह गरेका छन् ।स्वयम्सेवकहरुको माध्यमबाट खाना संकलन गरेर साेही ठाउँमा पुर्याउने काम चलिरहेको आकाश भण्डारीले  बताए ।रोबिन हूड आर्मी सामाजिक सेवामा आधारित, शून्य कोष संगठन समेत हो ।

कमेन्ट गर्नुहोस्