लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको बनबाटिकामा पर्यटकको चहलपहल बढ्दै

IMG

तिलोत्तमा । विश्वव्यापी कोरोना महामारीपछि आन्तरिक पर्यटकहरुलाई लक्षित गरी पार्क, धार्मिक स्थल तथा ऐतिहासिक क्षेत्रहरुमा घुम्नका लागि खुला गरिएसँगै चहलपहल वृद्धि हुन थालेका छन् । तिलोत्तमा नगरपालिका को शंकर नगर स्थित बनबाटिका (शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्र ) मा आन्तरिक पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गएको छ ।


करिब एक महिना अघिदेखि पर्यटकहरुका लागि खुला गरिएको उद्यानमा पर्यटकहरुको आवागमनमा दैनिक रुपमा वृद्धि हुँदै गएको अध्यक्ष बेल प्रसाद शर्माले बताए । ‘विगतका वर्षहरुको तुलनामा लगभग शुन्य जस्तै भएपनि कोरोना महामारीपछि यो साता पर्यटकहरुको आगमनमा वृद्धि भएको छ ।’-शर्माले भने, दैनिक दुई/ढाई सय आन्तरिक पर्यटकहरु आउने गरेका छन् भने शनिबारका दिन ५ सय बढी पर्यटकहरु आउने गरेका छन् । लकडाउनपछि पहिलो पटक शनिबार बनभोज कार्यक्रम लिएर आधादर्जन बढी समूह आएको बताउँदै उनले पर्यटकको आगमनमा अझ वृद्धि हुँदै जाने आशा व्यक्त गरे । पार्क घुम्नका लागि आउने पर्यटकहरु अधिकांश रुपन्देही भित्रका र केहि पाल्पा, नवलपरासी, कपिलबस्तुबाट आउने गरेको बताउँदै फाट्ट-फुट्ट मात्रै अन्य जिल्लाहरुबाट पर्यटक आउने गरेको अध्यक्ष शर्माले बताए । 


बिगतका बर्ष यो बेला मैदान समेत खालि नहुने बेला भएकोले अहिले भैलीबाट संकलित रकमबाट पिकनिक आउने, संघसस्थाबाट आउने , विभिन्न खाले बार्षिकोत्सव , साधारणसभा लगायतका कार्यक्रम हुन्थे, तर यसपाली कोरोना महामारी र त्रासले त्यस्तो नभएको बनबाटिकाका उपाध्यक्ष खेमलाल पाण्डेले बताए। कार्तिकपछि स्थिति सहज भएकाले त्यस्तो खाले कार्यक्रम अहिले निरन्तर भैरहेको उनले बताए। उनले सबै तरहले बनबाटिका ब्यबस्थापन भैसकेको र अझै यो महामारीका बेला धेरै कुरा परिमार्जन गर्दै पर्यटकलाई आकर्षण बढाउन कुनै कसर बाकि नराखेको उनको भनाइ छ।  बनबाटिकामा अहिले भ्युटावर निर्माण सम्पन्नको अन्तिम चरणमा छ, जहाबाट सबै ठाउ अबलोकन गर्न मिल्ने भएकाले अझै पर्यटक बढ्नेमा उपाध्यक्ष पाण्डे ढुक्क छन्। बनबाटिका जान बुटवल चौराहादेखि पश्चिम जोगिकुटि चोकदेखि २ किमि दक्षिण लाग्नुपर्छ भने अर्को बाटो शंकरनगर चोकबाट २ किमि पुर्व जान पर्दछ। 

कमेन्ट गर्नुहोस्