
२०७७ मंसिर १६ /तिलोत्तमा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रथम चौमासिक प्रतिबेदन सार्बजनिक भएको छ। भैरहवामा आज्ञा एक समग्र कार्यक्रम को आयोजना गर्दै कार्यालयले ४ महिनाको पुरापुर प्रतिबेदन सार्बजनिक गरेको हो। प्रतिबेदनमा आएका रिपोर्टसंगै खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्ड अनुसार सञ्चालन नभएका व्यवसायलाई कानुनी कारबाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जनाएको छ।साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा खाद्यसम्बन्धी ७४७ नमूना सङ्कलन गरिएकामा १३ नमूना मापदण्ड अनुसार नभएको पाइएको कार्यालयका बरिष्ठ खाद्ध अनुसन्धान अधिकृत बिमल कुमार दाहालले जानकारी दिए।
यस अबधिमा ७१८ खाद्ध नमुना र ३१ दाना नमुना गरि ७४७ नमुना संकलन तथा परिक्षण गरिएको थियो। त्यसमध्य अनुज्ञापत्र जारी नबिकरण शिलशिलामा ४३०, ऐन नियम अन्तर्गत ११८, अनुरोध गरिएका ८१, खाद्य स्वच्छता सर्विलेन्सका लागि संकलित ८३ र फलफुल तरकारीमा २५ नमुना संकलन गरिएको थियो। जसमध्य १३ परिक्षणमा तोकिएको मापदण्ड प्रतिकुल उत्पादन देखिएको छ। त्यो मध्यपनि सबैभन्दा बढी ३ वटा पिउने पानी रहेका छन्। त्यस्तै विभिन्न जिल्लाबाट प्राप्त अमिलो चुक, भिजेको राजामा, पिठो, खुल्ला दुध , बेकरी,र तरकारी रहेका छन्। ति मध्ये ३ लाख १४ हजार २ सय बराबरको खाद्दान्न, सफ्ट ड्रिङ्क, मसला, चिया, घ्यु,पानी, तेल लगायतका सामाग्री नष्ट गरिएको छ। जसमा उजुरी परेका अघिल्लो बर्षका समेत गरि १२ मुद्दा मध्ये ४ वटा मुद्दा प्रहरी चौकीमा दायर गरिएको छ भने ४ वटा अन्य कार्यालय पठाइएको छ। थप ४ वटा मुद्दा गरि जम्मा १६ मुद्दा मध्ये ८ वटा अनुसन्धानमा रहेका छन्। यस अबधिमा ५ वटा उजुरी सम्बोधन भैसकेको ।
सिमित जनशक्ति, सिमित सवारी साधन, रिक्त दरबन्दी र कोभिड १९को जोखिममै पनि ४ महिनाको अबधिमा ८ लाख बढी राजश्व संकलन गरेको यस कार्यालयले माग आकृति फारम भरि लोक सेवा आयोगमा पठाएको छ। आफ्नो कार्य क्षेत्र ठुलो भएसंगे कार्यालयले अनुगमन र अनुसन्धानलाई सिमित जनशक्तिका बीच कार्य गर्दै आएको प्रेस बिज्ञप्तिमा उल्लेख छ। रुपन्देहीको ओमासतिया १ राष्ट्रिय गहुबाली अनुसन्धान भित्र २ किलोमिटर पुर्व रहेको सो कार्यालयले बजार अनुगमन देखि उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको छ।
त्यस्तै देशभरको तथ्यांकलाइ हेर्ने हो भने पहिलो चौमासिकमा खाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटललगायत एक हजार ८७३ पटक निरीक्षण अनुगमन भएको छ। उक्त अवसरमा १५३ उजुरी कारबाही गरिएको छ। विभाग तथा मातहतका कार्यालयबाट भएको निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिका बमोजिम उत्पादन नगर्ने ३४ उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूना सङ्कलन गरी कारबाही अघि बढाइएको छ। त्यसमा पनि सबैभन्दा बढी प्रशोधित पिउने पानीका उद्योग तथा व्यवसाय नै रहेका छन्। प्राप्त विवरणअनुसार पानीका १५ उद्योग, खाद्यान्न तथा दलहनका आठ, दूध तथा दुग्ध पदार्थका छ, तेल तथा घ्यूजन्यका तीन र अन्य तीन खाद्य व्यावसाय रहेका प्रवक्ता महर्जनले बताए।यस अवधिमा १५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरिएको, ६३० उद्योग अनुज्ञापत्र नवीकरण तथा ६४२ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको विभागले जनाएको छ। खाद्य पदार्थको विश्लेषण, परीक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयबाट हुँदै आएको जनाइएको छ। काठमाडौंलगायत मुलुकका ४३ कार्यालयबाट उक्त सेवा र अनुगमन हुँदै आएको छ।
कमेन्ट गर्नुहोस्