
तिलोत्तमा, २०७७ मङ्सिर २० गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर ११ मा आज वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा संचालित वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै सो परियोजनाकी सहजकर्ता सृजना भट्टराईले बैदेशिक रोजगारमा नेपालि हरुले थापाउनु पर्ने कुरा , त्यहा गएपछिको बास्तबिकता , रहनसहन सिप र अन्य आवश्यक कुराहरुको बारेमा ज्ञान हुनुपर्ने बारेमा सहजीकरण गर्नुभएको थियो।
सो अवसरमा बोल्दै कार्यक्रमकी संयोजक सिता पन्थले बैदेशिक रोजगारका बिषयमा युवा सहभागी हरुलाई बैदेशिक रोजगारका बिषयमा प्रस्ट पार्नुभएको थियो। नगरपालिकाको वडा नं ११ मा सम्पन्न सो कार्यक्रममा तिलोत्तमा नगरपालिकाका वार्ड नम्बर ११ का अध्यक्ष मुक्ति नारायण चौधरीले युवा बिदेशिनु बाध्यता भएकाले सिप सिकेर मात्र विदेश जादा दुख नपाइने र आफुले राम्ररि बुझेर मात्र अर्काको देश जानुपर्ने बताउनुभयो। उहाले सकेसम्म यहि देशमै केहि गर्ने योजना बुन्नु र विदेश जाने परेपनि राम्ररि बुझेर जानु पर्ने बताउनुभयो । कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी)कि शकुन्तला तिवारी, स्थानिय युवा लगायतको उपस्थिति रहेको थियो। यो अभियान तिलोत्तमा नगरका सबै वार्डमा हुने सामी परियोजनाकी सृजना भट्टराईले बताउनुभयो।
कमेन्ट गर्नुहोस्