लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रमिलासँग लगनगाठो कसे चिरन्जीवीले

IMG

काठमाडौं– संगीतकर्मी चिरिञ्जिवी भण्डारी वैवाहिक जीवनमा बाँधिएका छन् ।गायक तथा संगीतकारको रुपमा दर्शक तथा स्रोतामाझ स्थापित भैसकेका भण्डारीले मंसिर २१ गते आईतबारको लगनमा धादिङकी २२ वर्षीया प्रमिला श्रेष्ठसंग अन्तर्जातिय विवाह गरेका हुन् ।श्रेष्ठ बिएसडब्ल्यू दोस्रो वर्षमा अध्ययनरत छिन् ।उनीहरुले कलंकी, स्यूचाटारस्थित पाटिचौरमा रहेको यज्ञश्वर मन्दिरमा विवाह गरेका हुन् ।भण्डारी र श्रेष्ठ पछिल्लो दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए ।


काठमाडौंको सोह्रखुट्टेमा आयोजित एउटा सांगीतिक समारोहमा दुई वर्षअघि दुबैको पहिलो भेट भएको थियो ।वैवाहिक समारोहमा भण्डारी तथा श्रेष्ठका परिवारका सदस्य तथा केही नजिकका आफन्तहरु सहभागि थिए ।नवविवाहित जोडीलाई आशीर्वाद दिन समाजसेवी तथा गीतकार ईन्दिरा बोगटी तथा गायक तथा मोडल दीपेन्द्र सुनाम पनि उपस्थित भएका थिए ।गायक चिरञ्जिवी भण्डारी पछिल्लो समय बिस्तारै बिस्तारै तिमी मेरी हुनु, बदमास, तिमी छौ र त, तिम्रो मायाले, चट्टै मुटु काटेर आदि गीतहरु लोकप्रिय छन् भने उनको संगीतमा केही समयअघि सार्वजनिक भएको ‘चोखो माया’ गीतले पनि चर्चा पाएको छ ।यसबाहेक संगीतकर्मी भण्डारी हिन्दी गीतका कभर भर्सनका कारण पनि चर्चामा छन् ।टिकटकमा समेत उनका गीतहरु लोकप्रिय छन् ।संगीतकर्मी भण्डारीलाई वैवाहिक जीवनको सफलताको शुभकामना ।

कमेन्ट गर्नुहोस्