लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाहाल–नेपाल समूहका सबै मन्त्रीले राजीनामा दिने

IMG

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेबमोजिम राष्ट्रपतिले विघटन गरेपछि मन्त्रिपरिषद्‌मा पुष्पकमल दाहाल–माधव नेपाल समूहका मन्त्रीहरूले राजीनामा दिने भएका छन्।उक्त समूहका एक जना वरिष्ठ नेताले आफ्नो समूहका सबै मन्त्रीहरूले राजीनामा दिन लागेको बताए। गृहमन्त्री रामबहादुर थापा भने राजीनामा दिनेबारे अहिलेसम्म कुनै निर्णयमा नपुगेको बताइएको छ।


तीन राज्यमन्त्रीसहित मन्त्रिपरिषद् २५ सदस्यीय छ। मन्त्रीपरिषद्‌मा दाहाल–नेपाल समूहबाट रामबहादुर थापा, घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर, लेखराज भट्ट, रामेश्वर राय यादव लगायत छन्।

कमेन्ट गर्नुहोस्