नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छन्। बिहीबार बिहान साढे नौ बजे राजदूत होउ दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेकी थिइन् । दाहाल र होउबीच केहीबेर मात्रै भेटवार्ता भएको थियो । दाहाल र होउबीच समसामयिक विषयमा कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ । राजदूत होउले संसद् विघटनपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेकी थिइन् ।यसअघि नेकपामा विवाद हुँदा राजदूत होउले नेताहरुलाई भेटवार्ता गर्ने गरेकी थिइन् । सरकारले संसद् विघटन गरेपछि नेकपा पनि विभाजन भएको छ । साथै भेटमा राजदूत यान्छीले दुई देशबीचको सम्बन्ध बलियो बनाउनेबारे र दुई देशबीच भएका सम्झौता कार्यान्वयनबारे पनि छलफल गरेकी थिइन् ।
कमेन्ट गर्नुहोस्