तिलोत्तमा २०७७ माघ ३०। समाजका युवाहरुलाई खेलकुद मार्फत एकबद्ध गर्न तथा उनीहरु भित्रको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले युवा प्रेमी वडाअध्यक्ष नारायण न्यौपानेले तिलोत्तमा ९ का स्थानिय क्लबलाई खेलकुद सामाग्री वितरण गरेका छन्। रुपन्देही क्रिकेट संघद्वारा माघ २८ गतेदेखि भैरहवामा सुरु भइरहेको जिल्ला स्तरीय सुपर लिगमा सहभागी ज्ञानोदय क्लबलाई तिलोत्तमा-९ का वडाअध्यक्ष नारायण न्यौपानेले क्रिकेट खेलका लागि चाहिने सबै सामाग्री आफ्नै व्यक्तिगत खर्चमा उपलब्ध गराएका हुन्। भैरहवामा सुरु भइरहेको जिल्ला स्तरीय सुपर लिगमा सहभागी ज्ञानोदय क्लब यहि फाल्गुन १ गतेको खेलमा सहभागी हुन लागेको तिलोत्तमा-९ स्थित ज्ञानोदय क्लबका अध्यक्ष धुर्ब न्यौपानेले बताए।
तिलोत्तमा न.पा. ९ का वडाध्यक्ष, समाजसेवी, खेलकुदप्रेमी नारायण न्यौपानेले आफ्नो व्यक्तिगत खर्चमा रु. ४३ हजार बराबरको गुणस्तरीय दुई सेट क्रिकेट किट उपलब्ध गराउनुभएकोमा आभार व्यक्त गर्दै क्लबका अध्यक्ष धुर्ब न्यौपानेले खेल प्रति उत्साह र उत्प्रेरणा थपिदिनुभेकोमा हार्दिक धन्यबाद समेत ज्ञापन गरेका थिए। सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष न्यौपानेले युवाहरुको रुचि अनुसारको खेल र त्यसका सामाग्रीको भरपुर उपयोग गरि खेल जित्न समेत शुभकामना दिएका थिए।उनले विभिन्न दुर्व्यसनमा लागेर समाजमै अपहेलित हुन भन्दा समाज घर परिवार र देशलाई चिनाउने काम गर्न अहिलेका युवाहरु लागिपर्नुपर्नेमा जोड दिएका थिए।
वडा अध्यक्ष न्यौपाने आफ्नो वडामा मात्रै नभएर तिलोत्तमा नगरभित्रै लोकप्रिय र बिकाश प्रेमी तथा समाजसेवीको रुपमा चिनिन्छन। बिकाश निर्माण, शिक्षा, स्वास्थ्य वडाबाट हुने सेवा प्रबाह, समजपयोगी कार्यहरु निश्वार्थ रुपमा गर्दै आएका न्यौपाने वडामा नागरिकलाई भएको समस्या र पर्न सक्ने समस्याको समाधानमा लागिपर्ने बताएका छन्।
कमेन्ट गर्नुहोस्