लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी टिभिको आयोजनामा मिडियाकप भलिबल प्रतियोगिता हुदै

IMG

तिलोत्तमा, २०७७ फाल्गुण ४ गते। लुम्बिनी टेलिभिजन बुटवलले एक्स्पर्ट मिडिया कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । रुपन्देहीमा संचालित मिडिया हाउसहरुका विचमा भावनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको टेलिभिजनका महासचिव दिनेश पाण्डेले जानकारी दिनुभयो । कोरोना महामारीका कारण मिडिया क्षेत्र समेत प्रभावित भईरहेको अवस्थामा मिडिया हाउस तथा पत्रकारहरुमा खेलकुदको माध्यमबाट उत्साह थप्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पाण्डेले जानकारी दिनुभयो ।


तिलोत्तमा-२ योगिकुटी स्थीत मणिमुकुन्द भलिबल क्लब( तिलोत्तमा क्याम्पसको छेउमा ) को कोर्टमा हुने प्रतियोगितामा सहभागिताको लागि बुधवार दिउसो १ बजेसम्म टिम दर्ताको समय रहेको प्रतियोगिताका संयोजक विकास पराजुलीले जानकारी दिनुभयो ।फागुन ६ र ७ गते दुईदिन सम्म हुने प्रतियोगितामा प्रथम हुने समुहले २५ हजार, द्धितियले १५ हजार र तृतियले ५ हजार नगद पुरस्कार सहित कप तथा मेडल प्राप्त गर्ने छन् ।त्यस्तै सेमिफाईनलमा पुग्ने चारवटा टिमलाई जर्सि प्रदान गरिने छ भने खेल अवधीभर सबै खेलाडीहरुको दुर्घटना विमा समेत गरिएको संयोजक पराजुलीले बताउनुभयो । यस अघि ग्लोबल मिडियाको आयोजनामा भर्खरमात्र मिडिया कप फ़ुट्सल सम्पन्न भएको थियो। 

कमेन्ट गर्नुहोस्