
तिलोत्तमा २२ गते फागुन २०७७। रुपन्देहीमा सम्पन्न शहिद यादवनाथ आलोक स्मृति फुटसल प्रतियोगिता २०७७ को उपाधि वडा नं ४ ले हात पारेको छ । शनिबार भएको फाईनलमा वडा नं. १ माथि ट्राइबेकरमा ३–२ गोल अन्तरको जित निकाल्दै उपाधि चुमेको हो ।उपाधिसंगै वडा नं. ४ नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता वडा नं. १ नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।
यसैगरि प्रतियोगितामा वार्ड १ का अतीत राना सर्वोकृष्ट खेलाडी, वडानं ४ का अमन पुन, वडा नं. १७ का सुरेश राना हाईस्कोर घोषित हुदै नगद १ हजार पाच सय, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले संचालन फागुन २० गतेदेखि संचालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिएको संयोजक अर्जुन क्षेत्रीले बताए ।
यसैबिच प्रतियोगिताको उपाधि विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाण, शहिद परिवारकी बिना न्यौपाने, तिलोत्तमा तरुण दल अध्यक्ष खेम क्षेत्रीले पुरस्कार वितरण गरेका छन ।कार्यक्रममा बोल्दै नेता खाडले युवाहरुलाई रचनात्मक र क्षमता विकासका काममा लाग्न सुझाव दिए । खेलमार्फत युवाहरु एकतावद्ध हुने र नया काममा अग्रसर हुनुपर्ने समेत बताए । शहिद यादवनाथको स्मरण खेलमार्फत गरेर युवाहरुबाट उदाहरणीय काम गरेको बताए । यसैबिच शनिबार पत्रकार र तिलोत्तमा उद्योग वाणिज्य संघका बिच भएको मैत्री पुर्ण खेलमा संघ विजयी भएको छ ।
कमेन्ट गर्नुहोस्