लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चार नेताको कारबाही फिर्ता लिने एमाले निर्णय

IMG

बैशाख ३० गते बिहिबार २०७८ तिलोत्तमा सिटी।नेकपा एमालेले कारबाही गरेको नेताहरुको कारबाही फिर्ता लिने निर्णय गरेको छ । एमालेले चार नेतामाथि कारबाही गरेको थियो । उक्त निर्णय अब फिर्ता हुने भएको छ ।बिहीबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।बैठकले नेताहरुमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिए । ‘पार्टी एकतालाई ध्यानमा राखेर तत्काल यो निर्णय लिइएको हो’, उनले भने ।

कमेन्ट गर्नुहोस्