लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदमा रितादेवी प्रधानको उम्मेदवारी

IMG

बैशाख ३१ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। नेपाली समाजमा रितादेवी प्रधानको नाम नसुनेका व्यक्ति सायदै अमेरिकामा होलान र ? नेपाली भाषा साहित्यमा अदृश्य र अमुर्त सास्कृतिक सम्पदा सम्बन्धि लेख्ने पहिलो व्यक्ति हुन् रितादेवी प्रधान। त्यति मात्र हैन नेपालभाषामा ( नेवारी साहित्यमा ) सचित्र बाल उपन्यास लेख्ने पहिलो उपन्यासकार बनेर समेत चर्चामा आएकी रितादेवी प्रधान अहिले गैह्र आवासीय नेपाली संघ एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन ।अहिले पनि उत्तिकै जोश र जागरले भरिएकी रितादेवी प्रधान  बिस २०१० सालमा काठमाडौँमा जन्मिएकी हुन्। लामो समयदेखि अमेरिकाको क्यालिफोर्निया सनफ्रान्सिस्को अमेरिकामा बस्दै आएकी उनले अमेरिकाको बसाइ शुरुवात बाटै अनवरत रुपमा सानफ्रान्सिस्को बे एरियामा बसेर बिभिन्न संघ संस्थाहरू मार्फत नेपाली समाजमा आफुलाई सक्रिय बनाइ रहेकी छिन ।


अर्थशास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरेकी प्रधान अमेरिका आउनुभन्दा पहिला नेपालमा महिला बाताबरण समूह, माङ्ग्का क्राफ्ट एसोसिएसन, आनन्द बगैचा समुह, रोटरी इण्टरनेशनल क्लब , ए ओन, जीएए क्लबमा आबद्ध रहेर सामाजिक सेवा गरिसकेकी छिन। त्यति मात्र होइन उनले अमेरिकामा रहदा समेत नेपाल ओमन ग्लोबल नेटवर्कमा सल्लाहकार, अनेसास, नदने क्यालिफोर्नियाको सह सम्पादक, आदिबासी जनजाति महासंघको सल्लाहकार, एनएएनसी क्यालिफोर्नियामा वोमन कोअर्डिनेटर, एनओएएन क्यालिफोर्निया च्याप्टरको दोस्रो उपाध्यक्ष , बुद्धको विश्वभर प्रचार प्रसार गर्ने सस्था बुद्ध नेपाल पिस फाउण्डेसनमा सल्लाहकार, डब्ल्युएनओ अमेरिकाको साहित्य बिभागको सदस्य,अन्तराष्ट्रिय नेपाल साहित्य समाजको आजीवन सदस्य र अमेरिकामै बसेर ओम डेस्टाइण्ड ब्वाइज होस्टलमा आबद्ध रहेर काम गर्दै आफुले प्रयाश गरेको र धेरै गतिबिधिहरुमा सक्रिय संलग्न भएको अनुभब रितादेवी प्रधानसंग छ।


लामो समयदेखि अमेरिकामा रहदै आएकी उनले कलम चलाउदै आएका धेरै कृतिहरु समेत प्रकाशित छन्। अनुभवले पनि अहिलेको उम्मेदवारीमा खारिएकि उनलाई  गैर आवासिय नेपाली संघ एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदका लागि अमुल्य मत दिन अमेरिकामा बस्ने जो कोहि नेपाली उत्साहित छन्। हालसम्म थाइल्याण्ड, सिंगापुर , हंगकंग, भारत, पाकिस्तान ,चिन, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया लगायतका दर्जनौ देशमा भ्रमण गरेर त्यहा रहेका नेपालीहरुको अवस्था बुझिसकेकी उनले अमेरिकामा रहादा समेत धेरै नेपालीहरुको सहयोगी पात्र बनेकी छिन। आफ्ना देशान्तर,जनसत्ता,जनप्रहार, नारी,रत्नश्री,कस्तुरी,आदि पत्रपत्रिकामा रचाना समेत प्रकासन गर्दै आएकी प्रधानले तरंगहरु मनका (कवितासंग्रह),नेपाली तथा अंग्रेजी भाषाको अन्धविश्वास भित्रको बिश्वासहरु, नेपालभाषाको सचित्र बाल उपन्यास नवाइम्ह, कथा संग्रह खनाखँ लगायत दर्जनौ कथा कबिता निबन्ध प्रकाशित छन्।


साहित्यमा बढी रुचि भएकी रितादेवी प्रधान अहिले  गैह्र आवासीय नेपाली संघ एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेद्वारी दिइरहदा सस्थाको आर्थिक समृद्धि र पारदर्शिता र उपयुक्त सल्लाहले नेपालीहरुको समस्या समाधान गर्नेमा उनि ढुक्क छिन।आफ्नो उम्मेद्वारी धेरै युवा साथीहरुको साथ सहयोग र समर्थनमा रहेको र जसको फलस्वरुप सबै नेपालीको समस्या पहिचान गरि ति समस्याको उचित समाधानका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न हुदै आइरहेको र विभिन्न टाक्सफोर्समा रहेर काम गरेको अनुभबले आफ्नो उम्मेद्वारी एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डिरेक्टरमा रहेको प्रधानको भनाइ छ। लामो समयदेखि अमेरिकामा बसेर नेपालीहरुलाई परेको समस्यालाइ आफ्नै समस्या ठानेर काम गर्दै आएकोले अग्रज तथा समकालीन साथीहरुको सारथी बन्न र भिजनलाइ साकार पार्न आफ्नो उम्मेद्वारी रहेकोले जहा जस्तो अवस्थामा रहेर पनि आफ्नो अमुल्य मत दिई बिजयी बनाउन आग्रह समेत गरेकी छिन। गैह्र आवासीय नेपालीहरुको छाता संगठन एनआरएनए क्यालिफोर्निया च्याप्टरको चुनाव यही मे २९ र ३० तारिखमा हुदैछ। 

कमेन्ट गर्नुहोस्