लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिद्वारा ४ सय ३० काे कैद मिनाहा

IMG

जेष्ठ १४गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। राष्ट्रपति विद्यादेवी भण्डारीले चार सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले चार सय ३० कैदीलाई बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिनुभएको हो ।नेपालको संविधानको धारा २७६ अनुसार फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन २०७४ काे दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतकाे आधारमा चार सय ३० जनाकाे बाँकी कैद कट्टा गरी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।


कमेन्ट गर्नुहोस्