लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अविश्वास प्रस्तावका लागि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन माग

IMG

तिलोत्तमा सिटी,१९ साउन २०७८,मंगलबार। लुम्बिनीमा विशेष अधिवेशन माग गरिएको छ । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका हुन् । मंगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी उनीहरुले विशेष अधिवेशनका लागि निवेदन दिएका हुन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलको माग गरेका हुन् ।उनीहरुले मंगलबार नै प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् । 

कमेन्ट गर्नुहोस्