
तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। जनमुक्ति युवा महासंघ जिल्ला कार्य समितिको आयोजनामा गत सोमबार मध्य राती भएको पेट्रोलियम पदार्थ लगायत अन्य ईन्धनमा गरिएको मुल्य वृद्धि तिलोत्तमा स्थित भलवारी चोक नेपाल आईल निगमको डिपो अगाडि बिरोध प्रदर्शन गरेको छ। बिरोध कार्यक्रम बोल्दै राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष प्रेम थापाले जनताको ढाड सेक्ने गरि लागू गरिएको मूल्य वृद्धि प्रती आपत्ति जनाउनु भयो। त्यसैगरि जनमुक्ति युवा महासंघका केन्द्रिय सचिव राम अस्लामी मगरले यो नेपाल आईल निगम भ्रष्टाचारको अखडा भएको आरोप लगाउनुभयो। निगममा बसेर अकुत सम्पत्ति कमाएका पुर्व अध्यक्ष लगायतका कर्मचारीलाई सरकारले पक्ष पोसण नगरी छानबिनमा ल्याउनुपर्ने बताए ।
सोही कार्यक्रम लाई सम्बोधन गर्दै जनमुक्ति युवा महासंघका महासचिव एलबि गोतामेले खरिद मुल्य भन्दा डबल मूल्य बिक्री गरेर जनताको ढाड सेक्ने गरि गरिएको मुल्य वृद्धि तत्काल नेपाल सरकारले फिर्ता लिनुपर्ने बताए । नेपाल र नेपालीको जनताको पक्ष सधै आवाज बुलन्द गर्ने पार्टी भनेको नै राष्ट्रिय जनमुक्ति पार्टी नै भएको बताउदै सचेत नागरिकहरुले बुझ्ने बेला आयो चिन्ने बेला आयो उहाले भन्नु भयो। अहिले हामीले खबरदारी मात्र गर्दै छौ बेवास्ता गरे भोलीको दिनमा विध्वंस पनि गर्न सक्ने चेतावनी उहाले समेत दिनुभयो ।
भलवारी चोकमा भएको बिरोध कार्यक्रम समापन अध्यक्ष हेमन्त बुढाथोकीले गरेका थिए भने कार्यक्रम संचालन जिल्ला सचिव पहल सिंह रानाले गरेका थिए ।
कमेन्ट गर्नुहोस्