लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशको मन्त्रालय संख्या १३ पुग्यो, मन्त्री १५ जना

IMG

तिलोत्तमा सिटी,१५ भाद्र २०७८,मंगलबार। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुगेको छ । मन्त्रीको आकाक्षी धेरै भए पछि सबैलाई भाग पु¥याउन मन्त्रालय फुटाएर १३ वटा बनाइएको हो । आइतबार बसेको मन्त्री परिषद बैठकले चार मन्त्रालय थप्ने निर्णय गरेको हो । लुम्बनी प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय रहने छन । 


त्यसैगरी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहने छन । सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार मन्त्रालय विभाजन लगत्तै यही हप्ता भित्र मन्त्रिमण्डल विस्तार हुनेछ । लुम्बिनीमा १३ मन्त्री र २ राज्यमन्त्री गरी १५ सदस्यीय मन्त्रीमण्डल बनाउने मुख्यमन्त्रीले गृहकार्य थालेका छन ।   

कमेन्ट गर्नुहोस्