
तिलोत्तमा सिटी, २१ भाद्र २०७८, सोमवार । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचकाे एकदिवसीय शृङ्खलाको पहिलो खेल भाेलि मङ्गलवार हुँदैछ । अल अमिरात क्रिकेट मैदानमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे नौ बजे सुरु हुनेछ ।यस्तै दोस्रो एकदिवसीय खेल भदौ २५ गते स्थानीय समयअनुसार दिउँसो साढे दुई बजे हुनेछ ।नेपाल र पीएनजीबीचको खेल एक्शन स्र्पाेट्सले प्रत्यक्ष प्रसारण गर्ने सहमति भएको छ ।यो शृङ्खलापछि नेपाल, अमेरिका र ओमनबीच विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खला हुनेछ । यी दुवै शृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेकाे छ ।
कमेन्ट गर्नुहोस्