
तिलोत्तमा सिटी,१० असोज २०७८। जो कोहिलाइ पनि सबैभन्दा धेरै छुन मन लाग्ने कागज के होला भनेर सोध्ने हो भने पक्कै पनि नोट नै भनेर जवाफ आउन सक्छ।सानो छँदाको दिन सम्झियो भने खोलाको पातलो ढुङ्गालाई गोलो बनाएर घोटिन्थ्यो।त्यो गोलो ढुङ्गालाई सिक्काको रुपमा प्रयोग गरेर खोपी खेलिन्थ्यो।कसैसँग पैसा सापटी माग्नु पनि नपर्ने खोलामा गयो पैसा कुँदिन्थ्यो। टकसार नै खोलो हुने गर्दथ्यो।
अर्कोतर्फ त्योबेला कसैसँग पैसा हुन्थ्यो,जमिन हुँदैनथ्यो।कसैसँग अनाज हुन्थ्यो पैसा हुँदैनथ्यो।जसलाई जे आवश्यकता छ त्यसैलाई साटासाट गरेर दैनिकी गुजारा चलाउने गरिन्थ्यो।कतिले कथित महाजनसँग औँठाछाप लगाएर सिमित समयको लागि ऋण लिने गर्दथे।लिएको ऋण समयमा तिर्न नसक्दा साउँको ब्याज,ब्याजको स्याज जोडिदै गएर साहुले घर जग्गा नै लिएको साथै सन्तान कमारो हुनु परेको इतिहास पनि भेटिन्छ।यो त एउटा नागरिकको व्यथा थियो।आजको लेखमा एउटा देशको इतिहास जसले ऋणको कारण राष्ट्र नै गुमाउनु परेको थियो।
सन १८७६ को कुरा हो। छिमेकी राष्ट्र जापान हतियार लिएर कोरिया आयो।जापानले कोरियामा आएर व्यापार गर्ने अनुमती माग्यो।कोरियाले जापानलाई व्यापार गर्ने अनुमती दिन बाध्य भयो।जापानले आफ्नो देशमा बनेको समान बेच्ने ठूलो बजार कोरियालाई बनायो।कुनै पनि बिदेशी राष्ट्रको समान देशमा आयात हुँदा त्यो देशले राज्यलाई कर बुझाउनु पर्ने हुन्छ तर जापानले व्यापार सन्धिमा नै कर बुझाउनु नपर्ने गराएको थियो।जसको कारण जापानमा उत्पादित समान कोरिया ल्याएर बेच्न थालियो।यसले कोरियाका किसान,व्यापारिहरु मारमा परे।कोरियामा उत्पादित बस्तु बिक्री हुन बन्द भयो।कोरियाका कारखाना बन्द भए।सम्पुर्ण समान जापानबाट आउन थालेपछी किसानले खेती गर्न छाडे।यसले बेरोजगारी साथै महँगी बढ्न थाल्यो।
कोरियाका राजालाई खुसी बनाउने बहानामा जापानले धेरै चर्तीकला गर्दै गयो।चाँदी र पित्तलको सिक्का पैसा छाप्ने टकसार बनाइदियो।कोरियालाई गुन लगाए जस्तो गर्यो। गुन लगाएवापत कोरियासँग अरु अधिकारहरु माग्दै गयो।बिस्तारै कोरियामा जरो फैलाउदै गयो।
जापानले कोरियालाई उपनिवेश बनाउन प्रयोग गरेको अस्त्र
सन १९०७ को कुरा हो।जापानले कोरियालाई फसाउने यस्तो क्षेप्यास्त्र प्रहार गर्यो,जुन कोरियाको लागि अजम्मरी घाउ बन्न पुग्यो।उसले कोरियाको दरबारमा गएर" सिक्का पैसाले देश बिकास हुन सक्दैन।नोटको आविष्कार गर्नु पर्दछ।रेलको बाटो बनाउनु पर्दछ। कोरियाको बिकासमा लाग्ने खर्च जापानले ऋणको रुपमा उपलब्ध गराउने छ।"भनेर राजा समक्ष राख्यो।राजाले यो कुरालाई अस्विकार गर्दै "जापानसँग ऋण लिँदा कोरियाले चुक्ता गर्न सक्दैन।"भनेर उत्तर दिए। तर जापानको लक्ष्य कोरियालाई जबरजस्ती ऋण बोकाउनु थियो।कोरियाका राजाले जापानको ऋण लिन बाध्य भयो।जापानले ऋण दिन सुरु गर्यो।जापानले लगातार एक बर्षसम्म ऋण थुपारिदियो।यसरी जापनले कोरियालाई दिएको ऋण एक बर्षको बजेट भन्दा बढी हुन पुग्यो।इतिहास अनुसार त्योबेला एक करोड तीस लाख दिएको थियो भनेर जान्न सकिन्छ। बिचरा जबरजस्ती टाँसो लगाएर कोरियालाई ऋणमा डुबायो।त्यो समय आम्दानीको श्रोत नभएको देश कोरिया जापानको फन्दामा पर्यो।अब देश नै जापानले कब्जामा लिने अवस्था आयो।
कोरियाका समाजसेवीबाट देश बचाउ अभियान सुरुवात(१९०८)
कोरियाको दक्षिणी भूभागमा पर्ने थेगु शहरमा एकजना ससाङ दोन भन्ने समाजसेवी बस्दथे।उनले एक दिन पत्रीकामा जापानले कोरियालाई ऋणको भारी बोकाएको खबर पढे।उनको मन खुब आत्तियो।उनी पत्रिका प्रकाशित हुने कार्यलय पुगे।त्यो कार्यलय पुगेर सम्पादक तथा मालिकसँग भेट गरे।उनले पत्रिकामा "जापानले लगाएको ऋण चुक्ता गर्न कोरियाका सारा जनताहरुले चन्दा दिनु पर्ने।चुरोट सेवन गर्ने नागरिकले तीन महिना बन्द गरेर त्यसबाट जम्मा भएको रकम राष्ट्रको लागि भनेर चन्दा दिनु पर्ने।यस्तो भएमा कोरिया उपनिवेश हुनबाट जोगिने छ।" भनी छपाउन लगाए।इच्छुक नागरिक पत्रिकाको कार्यलय आएर बुझाउने आग्रह सहित समाचार छपाए।यो खबर पुरै कोरियाभरी फैलियो।पत्रिका सम्पादक तथा मालिकले पनि ती समाजसेवीलाई यो कार्यमा सहयोग गरे।
राष्ट्रको लागि जनताद्वारा चन्दा सङ्कलन अभियान सुरुवात(१९०८)
जापानले ऋण लगाएको खबर थाहा पाएपछी कोरियाका जनताले चुरोट सेवन गर्न बन्द गरे।त्यो रकम चन्दाको रुपमा दिए।जनाताले आधा पेट खाएर चन्दा दिन थाले।बिस्तारै वृद्ध,भिकारीहरु पनि यो कार्यमा साथ दिए।आफुले सकेको रकम दान दिए।जापान पढन गएका विद्यार्थीले आफ्नो खर्च कटौती गरेर चन्दा सङ्कलन गरेर पठाए।बालबालिकाले आफ्नो जन्मदिनमा उठेको रकम पनि चन्दाको रुपमा दिए।त्यतिमात्र हैन महिलाहरुले कपाल च्याप्ने चाँदिको काँटा,गरगहना पनि जम्मा गरेर राष्ट्र बचाउन सहयोग गरे।यस्तो थाहा पाएपछि राजाले पनि चुरोट पिउन बन्द गरे।यो कार्यमा बिदेशीले पनि आएर चन्दा दिएका थिए।बिस्तारै यो अभियानमा कामदार,भारदार, जमिनदार,कलाकार,कबि,व्यापारी,सैनिक,विद्यार्थी,भिक्षु,साराले भाग लिएका थिए।छ महिना भित्रमा पाँचको दुई भाग रकम उठिसकेको थियो।एक बर्षभित्रमा जापानको ऋण फच्चे गर्न सक्ने योजना पक्का भएको थियो।विडम्बना यो खबर जापानले थाहा पायो।तुरुन्त आफ्ना सैनिक ल्याएर यो अभियान बन्द गरायो।अभियानमा जुटेका सारालाई जेलमा हाल्यो।पत्रिकाको मालिक बेदेल भन्नेलाई आफ्नो देश बेलायत पठायो।यसरी जापान स्वयम् आफैं ले यो कार्य बन्द गराएर अन्ततः ऋण चुक्ता गर्न नसकेको बहानामा कोरिया सन १९१० मा जापानको अधिनमा हुन पुग्यो। जनताद्वारा राष्ट्र बचाउ कोरियाको यो अभियान सन्सारको इतिहासमा कहिँपनि नभएको भनेर सन २०१७ सालमा विश्वसम्पदा सुचिमा दर्ता हुन सफल भएको छ।
गौतम बुद्धको देश नेपाल,परापुर्व कालदेखी भाइचाराको सम्बन्ध अटुट बन्दै आइरहेको हाम्रो देश नेपाल।बिदेशीको अधिनमा नरहेको साथै कृषिप्रधान हाम्रो देश नेपालमा अब पनि समस्या आउने छैन।हामी बिदेशी भूमिमा हुने ६५ लाखले राष्ट्रलाई अझै सहयोग गर्यौं भने ऋण लाग्ने छैन। हाम्रो देशमा अझै बढि पाठशाला बन्ने छन।गाउँका कुना कुनामा स्वास्थ्य चौकी संस्था खडा हुने छन।थरीथरीका सरकारी कार्यलय स्थापित हुने छन।जसले हाम्रा नेपाली छोराछोरीलाई झोला बोकेर विदेश धाउनु पर्ने छैन।साथै विदेशी राष्ट्रले पनि गिद्धे नजर लगाउने छैनन।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि बिदेसिन नपरोस।
कमेन्ट गर्नुहोस्