लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भिटेनले गरे ‘रत्नपार्क’मा साईन

IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८। युवापुस्तामाझ चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे ।नवराजले भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहेनन् । तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ ।


नवराजका अनुसार, बुढासुब्बा ओर्जिनलले ७ वटा चलचित्र बनाउनेछ । जसमा एउटा प्रोजेक्ट ‘रत्नपार्क’ पनि हो ।रौतहटमा जन्मिएका र्यापर भिटेन बारम्बार आफ्नोे गीतका कारण बिबादमा आउने गरेका छन् । उनलाई गीतमा अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले पनि पक्राउ गरिसकेको छ । नेपाली चलचित्रमा गायकहरुकोे आगमन भैरहेके समयमा भिटेनले पनि ठूलो पर्दामा प्रवेश गर्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्