लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुमन लामाको गोलमा नेपाललाई अग्रता

IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८।  साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध जारी खेलमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् ।माल्दिभ्सको मालेमा जारी खेलको ३०औं मिनेटमा सुमनले नेपाली राष्ट्रिय टोलीका लागि पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । आजको खेलमा जित निकाले नेपाल इतिहासमै पहिलो पटक फाइनल पुग्ने सम्भावना प्रवल हुनेछ ।खेलको सुरुआतमा श्रीलंकाले दबाब बनाए पनि गोलका मौका भने नेपालले धेरै सृजना गरेको छ ।


शुक्रबार भएको पहिलो खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोलको नतिजामा पराजित गरेको थियो । नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक माल्दिभ्सलाई पराजित गर्न सफल भएको हो ।श्रीलंका पनि सोही दिन- शुक्रबार भएको उद्‍घाटन खेलमा बंगलादेशसँग पराजित भएको थियो । सोमबार भएको पहिलो खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेलेका थिए । १-० गोलको नतिाजमा पछाडि परेको बंगलादेशले ५४औं मिनेटमा एक खेलाडीलाई रातो कार्डको कारण गुमाएको थियो ।यद्यपि, ७४‍औं मिनेटमा बराबरी गर्दै खेलमा बराबरी गर्न सफल रह्यो ।

कमेन्ट गर्नुहोस्