
तिलोत्तमा सिटी,३ कार्तिक २०७८। रुपन्देही प्रहरीले औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने कार्यमा संलग्न मुख्य व्यक्तिलाईनियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गामा बिभिन्न ब्यक्ति तथा समुहलाई सहभागी गराई अतिक्रमण तथा कब्जा गर्ने कार्यमा अगुवाई गर्दै आएका कपिलवस्तु सुद्धोधन गांउपालिका वडा नं६ स्थायी घर भई बुटवल ११ देवीनगरमा बस्ने बर्ष ४४ को साविर अलि मुसलमानलाई नियन्त्रणमा लिएको हो।
मुसलमानले जग्गा कब्जा गर्ने मनसायले उक्त स्थानमा गैर कानुनि भेला हुने गर्दै आएको र बिभिन्न ब्यक्तीहरु संग रकम असुल्ने गरेको प्रमाण फेला पारेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मुसलमानले सरकारी जग्गा अतिक्रमणको लागी मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बांडफांड गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने, माईनटिङ तयार गर्ने जस्ता कार्यको नेतृत्व गरेका थिए।
उनलाई लाई ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्धा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।उनको कोठाबाट प्रहरीले ब्यानर ३ थान, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजातहरु १३ थान, बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको थियो ।उक्त कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
कमेन्ट गर्नुहोस्