लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशभर बाढी पहिरोबाट मृत्युहुने १०४ जना(विवरणसहित)

tillotmacitynews - 2021 Oct 22 09:39 PM
IMG

तिलोत्तमा सिटी,५ कार्तिक २०७८।  आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण १०४ जनाको मृत्यु भएको छ ।गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको छ । यस्तै २० जना घाइते र १३ जना बेपत्ता छन् ।यसैगरी प्रदेश २ मा १ जना बेपत्ता हुँदा बागमतीमा प्रदेशमा १ को मृत्यु १ जना बेपत्ता भएका छन् । 


यसैगरी लुम्बिनीमा ३ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् भने कर्णालीमा ७ को मृत्यु हुनुका साथै ४ जना घाइते र १ जना बेपत्ता छन् ।यसैगरी सुदूरपश्चिममा ३१ जनाले बाढी पहिरोबाट ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन् ।यस्तै २३ जना अझै बेपत्ता छन् । हालसम्म कुल घाइते ४१ र बेपत्ता पनि ४१ जना नै रहेका छन् ।  प्रहरीले प्रभावित क्षेत्रमा उद्धारको कार्य जारी रहेको जनाएको छ ।



कमेन्ट गर्नुहोस्