लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ज्ञानोदय गोल्ड्सले पायो टाइटल स्पोन्सर "नेपथ्य ज्ञानोदय गोल्ड्स"

IMG

तिलोत्तमा सिटी,१६ पौष २०७८।यस क्षेत्रमा दरिलो क्रिकेट प्रतियोगिताको दाबेदार क्लब ज्ञानोदय गोल्ड्सले आगामी क्रिकेट प्रतियोगिताको लागि टाइटल स्पोन्सर प्राप्त गरेको छ। ज्ञानोदय गोल्ड्स र नेपथ्य कलेज बिच टिपिएल टि ट्वान्टीका लागि टाइटल स्पोन्सरका लागि सम्झौता भएको क्लबका रमेश न्यौपानेले बताउनुभयो। आगामी प्रतियोगिता खेल अवधिभर ज्ञानोदय गोल्ड्सको नाम "नेपथ्य ज्ञानोदय गोल्ड्स" रहने न्यौपानेको भनाई छ ।



शुक्रबार नेपथ्य कलेजको कार्यालयमा भएको सम्झौता गर्दै नेपथ्य कलेजका प्रिन्सिपल सन्जिब भण्डारीले स्थानिय क्लबले छोटो समयमै खेल जगतमा मारेको फड्कोको तारिफ गर्दै आफुहरु टाइटल स्पोन्सर गरि सहयोग गर्न पाउदा अत्यन्तै खुसि लागेको बताउनुभयो।  स्थानिय प्रतिभा प्रस्फुटन गर्दै रास्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल ज्ञानोदय गोल्ड्स लाई खेल जगतमा अझै प्रगतिको शुभकामना दिदै भण्डारीले खेलाडीको हौसला बढाउन एउटा खुड्किलो टेकेको बताउनुभएको छ।  क्लबको बिश्वास गरेर खेलाडीको हौसला प्रदान गरेकोमा क्लबका रमेश न्यौपानेले नेपथ्य कलेज परिवारलाई ज्ञानोदय क्लबको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै कलेजको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन्। 

कमेन्ट गर्नुहोस्